निजी कारभित्र ११६ किलो गाँजासहित एक पक्राउ

मधेशपाटी अनलाइन     २०८० फाल्गुन १७, बिहीबार ०७:२८ बजे मा प्रकासित


जनकपुरधाम । सर्लाहीमा प्रहरीले ११६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले कारमा लुकाई तस्करी गर्ने क्रममा ११६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सर्लाही बागमती नगरपालीका ३ नयाँ बस्ती चोक स्थित नयाँरोड बरहथवा सडक खण्डमा गोप्य सूचनाको अधारमा दक्षिणबाट उत्तर तर्फ आई रहेको बागमती प्रदेश (१)०२६ च ५१५९ नम्वरको कारलाई चेकजाँच गर्दा कारभित्र लुकाई ल्याएको ११६ किलो (१० पोका) गाँजा बरामद गरेको बताउनुभयो ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा कार चालक पूर्वीनवलपरासी गैडाकोट नगरपालिका ११ बस्ने बर्ष ३० को सूर्य परियार छन् । एसपी ज्ञवालीले जिल्लामा तस्करीको नयाँ नयाँ तरिका अपराधीक गिरोहले गर्दछ भने थियो सोही आधारमा हामीले निजी कारबाट लागुऔषध तस्करी हुँदैछ भने खबर आयो हेर्दा राम्रो प्याकिमा १ १६ किलो ग्राम रिफाईन गाँजा फेला परेको बताउनुभयो ।पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया





Top