प्रधानमन्त्री र गृहमन्त्रीले काठमाडौंका मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए : सीके राउत

मधेशपाटी अनलाइन     २०८० फाल्गुन २८, सोमबार १६:५७ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष सीके राउतले गत भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले तयारी गरेको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा राउतले गत भदौमा मेयर बालेनले ‘…सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भन्ने स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई राखेर प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गर्ने विषयमा छलफल चलाएको खुलासा गरेका हुन् ।राउतले आफ्नो दल सत्ता गठबन्धनमा सामेल नहुने पनि स्पष्ट पारेका छन् ।

 

गठबन्धन दलहरुबाट सरकारमा सहभागी हुन निम्तो आए पनि त्यसका लागि आफूहरु तयार नरहेको राउतको भनाइ छ ।
समसामयिक राजनीति र सत्ता गठबन्धनमा १ वर्षसम्म सरकारका रहँदाको अनुभवबारे अध्यक्ष राउतसँग गरिएको अन्तर्वार्ता आजै राति ९ बजे कान्तिपुर टेलिभिजनमा र साढे ९ बजेदेखि युट्युबमा समेत हेर्न सकिनेछ । कान्तिपुर टेलिभिजनको मोबाइल एप डाउनलोड गर्नुभएको छ भने कार्यक्रम फायरसाइडसहित अन्य कार्यक्रमहरु पनि जुनसुकै बेला हेर्न सकिन्छ ।

प्रतिक्रिया





Top