१२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन

न्यूज डेस्क     २०८० फाल्गुन २९, मंगलवार २१:२९ बजे मा प्रकासित


महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर न.पा. ०२ स्थित जलेश्वर रंगशालामा जिल्ला खेलकुद विकास समिती महोत्तरीको आयोजना १२औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएका छन् ।

उक्त खेलकुद प्रतियोगितामा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण अध्यक्षतामा १२औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम संचालन भएका छन् ।
उक्त प्रतियोगिता महोत्तरी जिल्ला अन्तरगतका ८ ओटा नगरपालिका १ ओटा पालिकाले भगलिएका छन्। लोहरपट्टि नगरपालिका गौशाला नगरपालिका ,भंगहा नगरपालिका ,पिपरा गाउँपालिका,जलेश्वर नगरपालिका ,मटिहानी नगरपालिका ,बर्दिवास नगरपालिका ,मनराशिसवा नगरपालिका र औरही नगरपालिका का तेस्रो नगर स्तरीय प्रतियोगिता भाग लिई प्रथम ,दोस्रो भएका विद्यालयहरुलाई जिल्लाको लागि छनोट गरि पठाई आ-आफ्नो नगरपालिका/गाउँपालिका सहभागी जनाएका छन् ।

१२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले ६.४५ मिटर सटपुट फ्यालेर उद्घाटन गरेका छन् ।
उक्त खेलमा सहभागी नगरपालिका खेल शिक्षक तथा शिक्षाका शाखा प्रमुख र विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सटपुट,ज्यावलिङ्ग थ्रो,कवडी ,भलिबल २०० मिटर ,१५०० मिटर आदि जस्ता खेल आज संचालन भएका छन् ।

 

स्वास्थ्य र अनुशासन रहनको लागि खेलकुद अतिनै आवश्यक भएको र आफ्नो प्रतोभा देखाउन नगर ,जिल्ला,प्रदेश केन्द्र हुदै अन्तर्राष्ट्रिय सम्म आफ्नो नाम चिन्हाउन सफल भैइन्छ भने जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण बताए ।

प्रतिक्रिया





Top