सिडीओ र प्रहरी प्रमुखलाई गृहमन्त्रीले भने – मैले तस्कर र गुण्डा चिनाउनु पर्दैन, सोर्स फोर्स लगाए घाटा !

न्यूज डेस्क     २०८० चैत्र १, बिहीबार २२:१८ बजे मा प्रकासित


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन् ।बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री लामिछानेले ७७ जिल्लाका सिडीओ र प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका हुन् ।

गृह सचिव र प्रहरी महानिरीक्षकसमेत उपस्थित रहेको कार्यक्रमबाट उपप्रधानमन्त्री लामिछानेले ९० दिनमा कायापलट गर्न निर्देशन दिए ।कम्तीमा ३ महिनामा कायापलट हुनुपर्ने उनको निर्देशन थियो । ‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन,’ उनले निर्देशन कै क्रममा भने ।राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने उनको भनाई छ । यस्तै उनले सरुवा र बढुवामा सोर्स–फोर्स नलगाउन समेत आग्रह गरे ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँबर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन निर्देशन दिएका थिए ।

प्रतिक्रिया





Top