सिरहामा खुकुरी प्रहारबाट महिलाको हत्या, श्रीमान् पक्राउ

न्यूज डेस्क     २०८० चैत्र १, बिहीबार २२:३३ बजे मा प्रकासित


सिरहा । सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको आज साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए ।

 

डीएसपी पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको छ । श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ ।घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।

प्रतिक्रिया





Top