जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अभद्र पोस्टर टाँसेर भ्रम फैलाउने दुई जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपाका अध्यक्ष यादवको पर्चा, पम्पलेट टाँसेर चरित्र मानमर्दन गर्ने पंकज झा र मनीष पूर्वेलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार पक्राउ परेका दुवैमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरु राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतको भनाइ छ ।
प्रतिक्रिया