रौतहट । गाेलि हानेर भाग्दै गरेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेको छ । राैतहट जिल्लाकाे परोहा न.पा. ९ स्थित खाप आई एम ई संचालक करिव २५ बर्षकाे नितेश साहलाई गोली हानी भाग्दै गरेको अबस्थामा बि.ओ.पि. रामपुरखाप घिउरा नाकामा खटीएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्ना सहितकाे टाेलि र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न ३ जनालाई माेटर साईकलमा भाग्दै गरेकाे अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
ईशनाथ न.पा. ७ स्थित घिउरा बासवारीबाट सर्च गर्ने क्रममा १ नाल कटुवा पेस्तोल संयुक्त टोली द्बारा बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया