जनकपुरधाम। मधेश प्रदेशका सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका हुन् ।
मधेशमा कांग्रेसबाट तीन मन्त्री थिए । स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, भौतिक पूर्वाधारमन्त्री कृष्ण यादव र गृहमन्त्री मोहम्मद समिम बर्खास्त भएका हुन् । मधेशमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेको छ ।
नयाँ समीकरण बनेसँगै अब एमालेले चारवटा मन्त्रालय पाउने भएको छ । मुख्यमन्त्री यादवले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सोमबारै मन्त्री नियुक्त गरेका छन् ।
जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका दुई मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधारमन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया