सबैला नगरपालिका : परिक्रमा वासीकाे स्वागत लागि ‘सताेषर’मा सरसफाइ

शम्भु पण्डित     २०८० चैत्र ६, मंगलवार १३:२८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको नगर प्रमुख कारी राम यादब र उपमेयर रहिमा खातुनको सक्रियतामा मधेसको महा कुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको लागि बृहत सरसफाइ कार्यक्रम गरेका छ्न ।साे कार्यक्रममा इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज सुन्दर चाैलागाइकाे टाेलि पनि सरसफाइमा सहभागी रहेको थियो ।

धनुषाधामबाट परिक्रमा सहभागी श्रद्धालु भक्तजन साधु सन्त सबैला नगरपालिका ५ मखनाहा हुँदै वडा नम्बर ७ मट्टही बाटो हुदै सबैला नगरपालिका वडा नम्बर ९ सतोषरधाम पुग्ने भएपछि सो स्थानहरुमा नगरपालिकाले सरसफाइ गरिएको हाे ।

आज धनुषाको धनुषाधाममा परिक्रमा यात्रीहरुले बास लिएको हाे भोली बुधबार सताेषर आउने भएको छ । धनुषाको धनुषाधाम हुँदै सबैला सताेषर विश्रामपछि बिहीबार औरही विश्राम लिने भएको छ ।

सबैला नगरपालिकाको सतोषरमा परिक्रमा यात्री आउने भएपछि सरसफाई सुरु गरिएको बताए । सबैला नगरपालिका वडा नम्बर ९ मनिष रायले भने राजनीतिकर्मी गाउका बुद्धिजीवी ब्यापारी र क्लबको पनि सहभागी रहेको थियो ।

प्रतिक्रिया





Top