१२ जिल्लाका सिडियाेकाे सरुवा, को कहाँ ? धनुषामा नयाँ ‘सिडियाे’ रामुराज कडरिया

न्यूज डेस्क     २०८० चैत्र ६, मंगलवार २३:२३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा भएका छन् ।मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक समेत बदली गरेको छ । कोषहरि निरौलालाई मन्त्रालय विभागमा पठाएका हुन् ।

 

गृह मन्त्रालयले मंगलवार धनुषा सहित १२ सिडियो फेरबदल गरेका हुन । धनुषाबाट चक्रपाणि पाण्डेलाई सरुवा गर्दै उनको ठाउँमा गृहले रामुराज कडरियालाई खटाएको छ ।

त्यसैगरि संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यको सरुवा भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया





Top