मिथिला माध्यमिकी परिक्रमा आज सतोषरधाममा बासस्थान….

न्यूज डेस्क     २०८० चैत्र ७, बुधबार १२:४९ बजे मा प्रकासित


धनुषा । मधेशकाे महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (बुधबार) धनुषाको बहुधार्मिक, बहुचर्चित सतोषरधाममा प्रवेश गरेका छन् ।

मिथिलाविहारी कुटी मन्दिरबाट थालिएको सो यात्राका सहभागी एघारौं दिन स्थलमा पर्ने सतोषरधाममा मिथिला माध्यमिकी परिक्रमा आज सतोषरधाममा बासस्थान रहेका छन । सहभागीलाई धनुषाधाम–सबैला सीमामा पर्ने मखनाहा प्रवेशद्वारमा सबैला नगरप्रमुख कारिराम यादव सहित नगरवासीले स्वागत गरेका थिए ।


गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए । यसैगरी क्रमशः दोस्रो दिन भारतको कल्याणेश्वर तेस्रो दिन भारतकै गिरिजास्थान, चौथो दिनमा नेपालको महोत्तरी जिल्ला मटिहानी, पाचौं दिन जलेश्वर, छेठौ दिन मडई, सातौ दिन ध्रुबकुण्ड, आठौं दिन महोत्तरीकै कंचनवन, नवौं दिनमा धनुषा प्रवेश संगै सुरु पर्वतामा, दशौं दिन धनुषाधाम बास बसेका सहभागी आज एघारौं दिनको विश्रामका लागि बुधबार बिहानैदेखि सतोषरधाम आइपुगेका हुन् ।

मिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मिथिलाञ्चलमा मध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएका छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।

डोला आगमनसँगै प्रत्येक विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको परम्परा छ । यसैअनुसार, आज सतोषरमा यात्रीको सुविधाका लागि पालिका र आयोजकमा सतोषर सेवा समिति तथा सतोषर समाज कल्यान अन्तरास्ट्रिय परिवारद्वारा दहि, च्युरा, चिनी/मिठा भण्डारा, खानेपानी, प्राथमिक उपचार र बाससहितका प्रबन्ध मिलाइएको वडा नं.९ का अध्यक्ष मनिष राय ले बताए । तथा आइपर्ने अन्य कामका लागि क्लब तथा स्वयंसेवकसहितको आवश्यक प्रबन्ध स्थानीय (रात्रिबासको थलो)ले विभिन्न संघसंस्थाको समन्वयमा गर्दै आएका छन् ।
डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज सबैला नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । त्यस्तै, सतोषरमा अवस्थित मिथिलेश्वरनाथ महादेव मन्दिरलाई पनि सजाइएको छ ।

यात्राको एघारौं दिन श्री सप्तऋषि बासस्थान सतोषरधाम आइपुगेका सहभागीहरु राती विश्राम पछि भोलि बार्ह पडाव स्थल पर्ने धनुषाकै औरहीमा रहनेछन् । माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी कुल १ सय २० किलोमिटर भू-भागमा साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्छन् । यसमा नेपाल तथा भारतका समेत साधुसन्त र भक्तजनको उल्लेख्य सहभागिता रहने गर्दछ ।

अघि त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको बताइएको छ । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक (अलौकिक) भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नांगो खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको जानकारहरु बताउछन।

यात्रामा नेपाल र भारतका विभिन्न मठका
साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषा महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ । यस्तै, भोली(बिहीबार) धनुषाकै औरही पुग्ने भएको छ । औरहीपछि पुनः भारत प्रस्थान गर्ने छ ।

प्रतिक्रिया





Top