रवि लामिछानेबारे रघुवीर महासेठ भन्छन् : दोषी देखिए उम्किने कुनै चान्स छैन

मधेशपाटी अनलाइन     २०८० चैत्र ८, बिहीबार २२:२३ बजे मा प्रकासित


जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको दाबी गरेका छन् ।

जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उपप्रधानमन्त्री महासेठले नेपाली कांग्रेसले उठाएको राजीनामाको माग गलत रहेको भन्दै छानबिनमा दोषी देखिए लामिछाने आफै सरकारबाट बाहिरिने तर्क गरे ।

 

‘छानबिन जारी छ,’ उनले भने, ‘दोषी देखिएपछि जोसुकै व्यक्ति भएपनि सरकारबाट बाहिर जानै पर्छ, कुनै चान्स छैन ।’यो गठबन्धन लामो समयसम्म चल्ने दाबी गर्दै मन्त्री महासेठले भौतिक पूर्वाधारको विकास नगरी देश समृद्धितर्फ जान नसक्ने बताए ।

प्रतिक्रिया





Top