कोसी नदीमा बनिरहेको पुलको हिस्सा खस्दा ८ जना घाइते,१ जनाको मृत्यु

न्यूज डेस्क     २०८० चैत्र १०, शनिबार ०७:१६ बजे मा प्रकासित


जनकपुरधाम । भारतको बिहार राज्यको सुपौलमा कोसी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा ८ जना घाइते भएका छन् । निर्माण पछि सो पुल भारतको सबैभन्दा ठुलो सडक पुल हुने बताइएको छ । शुक्रबार बिहान पुलको ५०, ५१ र ५२ नम्बरको पिल्लरको गार्टर जमीनमा खसेको समाचारमा जनाइएको छ ।

यस घटनामा एक जनाको मृत्युको पुष्टि पनि भएको छ । स्थानीयहरूले बताएअनुसार ४ जना अझै बेपत्ता भएका छन् । सुपौलको बकौरबाट मधुबनीको भेजा घाटबीच भारतको सबैभन्दा ठुलो सडक पुल निर्माण भइरहेको छ ।

घटनास्थल कोसी नदी किनारमा भएकोले पर्याप्त उपकरण पुर्‍याउन नसकिएको र राहत अनि बचाउ कार्यमा निकै अप्ठ्यारो भइरहेको बताइएको छ । यो पुल सन् २०२३ को अगस्टमा सम्पन्न भइसक्ने बताइएको थियो । तर म्याद सरेर यो वर्षको अन्त्यसम्म पुर्‍याइएको थियो ।

प्रतिक्रिया





Top