मधेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री भित्र्याए

मधेशपाटी अनलाइन     २०८० चैत्र १०, शनिबार २०:५२ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज पुनः सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री यादवले नेकपा सरकारका तीन मन्त्री र एक राज्यमन्त्री थपेर सरकार पुनर्गठन गरेका हुन् ।

एमालेबाट राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्रीमा र केशव राज्य शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका हुन् । उनीहरु आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाल स्वतन्त्र रुपमा चुनाव जितेका हुन् । तर एमालेमा प्रवेश गरेपछि मन्त्री बन्न सफल भएका छन् ।

नेकपा एमालेसहितको नयाँ सत्ता समिकरण अनुसार चैत ५ मा मुख्यमन्त्री यादवले कांग्रेसका तीन मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा भित्र्याए । एमालेबाट दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया





Top