एसईईमा चिट चोराएको आरोपमा प्रहरीले नक्कली गार्ड र शिक्षक पक्राउ

न्यूज डेस्क     २०८० चैत्र १५, बिहीबार २१:०५ बजे मा प्रकासित


जनकपुरधाम । एसईई परीक्षामा चिट चोराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

 

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ ।पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया





Top