रौतहट : एसइईमा अनुगमन टोलीले ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय मोबाइल बरामद

मधेशपाटी अनलाइन     २०८० चैत्र १६, शुक्रबार २१:४८ बजे मा प्रकासित


जनकपुरधाम , चैत १६ गते । रौतहट जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट अनुगमन टोलीले ५ सय थान मोबाइल बरामद गरेको हो । जिल्लाको विभिन्न एसइई परीक्षा केन्द्रबाट परीक्षा अनुगमन टोलीले ठूलो संख्यामा मोबाइल बरामद गरेको छ ।

देशैभरी सञ्चालन भएको माध्यमिक शिक्षा (एसइई) परीक्षाअन्तर्गत शुक्रबार भएको अनिवार्य नेपाली विषयको परीक्षा अनुगमन गर्न गएका परीक्षा अनुगमन समितिका पदाधिकारीहरुको टोलीले परीक्षार्थीहरुले प्रयोग गर्दै आएको अवस्थामा उक्त संख्यामा मोबाइल बरामद गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम बिनय कुमार सिंह सहितको अनुगमन टोली गौर, गरुडा, चन्द्रपुर, राजदेवी, यमुनामाई लगायतका परीक्षा केन्द्रबाट चिट चोर्नको लागि राखेको अवस्थामा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

बरामद भएको मोबाइल सेटमा सम्बन्धित व्यक्तिको नाम उल्लेख गरिएको र परीक्षा सकिएपछि फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिइन् ।
जारी रहेको एसइई परीक्षालाई मर्यादित बनाउने उदेश्यले यस्तो अमर्यादित कार्य नियन्त्रण गर्न मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top