सिरहा : एसईईमा नक्कली परीक्षार्थी पक्राउ, दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाएपछि

न्यूज डेस्क     २०८० चैत्र १६, शुक्रबार २१:५९ बजे मा प्रकासित


सिरहा । सिरहाका विभिन्न परीक्के न्द्रहरूबाट नक्कली विद्यार्थी पक्राउ पछि माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन नेपाली विषयको परीक्षामा प्रश्नपत्रको गोपनियता भंग गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले परीक्षार्थीहरूबाट १२१ थान मोबाइल पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष आचार्यका अनुसार मिर्चेया नगरपालिका- वडा नम्बर १ स्थित श्री शारदा मावि रामपुरबिर्ता परीक्षा केन्द्रमा जन सेवा मावि कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ E)को परीक्षार्थी अभिषेक महराको प्रवेशपत्रको फोटोकपी लिई परीक्षा दिइरहेको नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका-५ का १६ वर्षीय अर्जुन महरालाई पक्राउ गरिएको छ ।

महरालाई इलाका प्रहरी कार्यालय मिर्चेयामा राखी थप अनुसन्धान भइरहेको छ भने बरियारपट्टी गाउँपालिका-५ स्थित जनता मावि झिझौल कजरा परीक्षा केन्द्रमा सोही गाउँपालिका-२ का १५ वर्षीय विकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाइलबाट प्रश्न पत्रको गोपनियता भंग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन् ।

उनलाई जिल्ला अदालतबाट दिन ७ को म्याद लिई इप्रका महेशपुरपतार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मर्यादा विपरीत कार्य गर्ने दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रतिक्रिया





Top