जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिनु भएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नव निर्मित बर्थिङ्ग सेन्टरको समुद्घाटन गर्नु हुँदै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राबिधिक ब्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गर्नु भयो ।
दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरिय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्नु हुँदै उहाँले चिकित्सकहरुलाई प्रतिबद्धता का साथ सेवामा जुटन निर्देशन दिनु भयो ।उहाँले भन्नु भयो – “सरकारले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलाबासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।
मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर , राजविराज र बिरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भै रहेकोे उल्लेख्य गर्नु भयो ।
स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्याहाँको जनतालाई धन्यवाद दिदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत भै रहेको बिकास निर्माणको चर्चा समेत गर्नु भयो ।
यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिव ६ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ्ग सेन्टरको सिलान्यास समेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गर्नु भएको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी , संघिय स्वास्थ्य सचिव रोशन पोखरेल , अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया