सांसद अमरेशकुमारले भने : न्यायाधीशहरूको मोबाइल रेकर्ड हुर्नुपर्छ

मधेशपाटी अनलाइन     २०८० चैत्र १९, सोमबार १०:५२ बजे मा प्रकासित


जनकपुरधाम । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानबिन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको आरोप लगाए ।
व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सांसद सिंहले सर्वोच्च अदालतका न्यायाधीशहरूको मोबाइल रेकर्ड हेरिनुपर्ने पनि माग राखे ।

‘न्यायपालिकाको निर्णय प्रक्रिया कानुनसम्मत, संविधानसम्मत हुनुपर्छ,’ उनले भने, ‘व्यक्ति हेरेर व्यक्तिको प्रभावमा त्यहाँको सर्वोच्च अदालतका न्यायाधीशहरूको मोबाइल रेकर्ड मनिटर हुनुपर्छ । कुन नेताको पहुँचको आधारमा निर्णय प्रभावित हुने गर्छ ? न्यायपालिकामा नियुक्ति भागबण्डाको आधारमा भइरहेको छ । भागबण्डाको आधारमा निर्णय गर्ने प्रक्रिया दुःखद् कुरा हो । यसले न्यायपालिकाको छविलाई माथि पुर्‍याउँदैन ।’

उनले थपे, ‘देशको न्याय प्रणालीलाई नै प्रश्न उठाउँछन् । म माग गर्न चाहन्छु, न्यायपालिकाबाट निर्णय भइरहेको के आधारमा भइरहेको छ, न्यायाधीशहरुको आचरणको बारेमा एउटा संसदीय छानविन समिति गठन होस् । संसदीय छानबिन समितिले पनि हेर्न पाओस् कि कुन न्याय प्रणाली कसरी भइरहेको छ ?’

प्रतिक्रिया





Top