सबैला नगरपालिका : तिनदिन निःशूल्क आँखा शिविर, लहानमा निःशूल्क अपरेशन

शम्भु पण्डित     २०८० चैत्र २०, मंगलवार ०९:३२ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको आयोजनामा तिन दिने आँखा शिविर शनिबार सम्पन्न भएको छ ।

सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा सबैला नगरपालिकाको आर्थिक सहयोगमा तिन दिने सबै वडाका आँखा बिरामीहरुको लागि निःशूल्क आँखा शिविर सम्पन्न भएको हो ।

तिनदिने शिविर अन्तर्गत सबैला नगपालिका वडा नं. १ देखि १३ वटै वडालाई समेटेर प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा शिविर सँचालन भएको थियो ।

जसमा ५०७ जना आँखा विरामीको नामावली दर्ता गरिएकोमा चश्मा ८० जना निःशूल्क प्रदान गरिएको थियो भने बाँकी १०१ जनालाई अप्रेशनको लागि सागरमाथा आँखा अस्पताल लहान तयार गरिएको हो । अन्य बाँकीलाई औषधी नै वितरण गरिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सबैलाका स्वस्थ्य शाखाका गुलेशवर गडेरीले बताए ।

यस्ता शिविर नगरमा आउँदा जनताहरु हर्षित हुँदै जनप्रतिनिधिको प्रशंसा समेत गर्ने गरिएको छ । आँखा अस्पतालहरुमा आँखाका विरामीहरुले मोटो रकम तिरेर अपरेशन गर्नुपर्ने बाध्यतालाई कम गर्ने तथा नगरका गरिब, निमुखाहरुलाई सहुलियत दिने गरी प्रत्येक वर्ष नै आँखा शिविर सँचालन गर्ने बताए ।

सो शिविरमा नगरप्रमुख कारीराम यादव र वडा अध्यक्ष बुद्धिजीवी सबैला ब्यापारसंघ अध्यक्ष यादव लगायतका अनुगमन गर्दै जनतालाई सहज हुने गरि वातावरण मिलाउँदै सहयोग समेत गरेका थिए ।

आईतवार सबैला आएर चौधरी आँखा अस्पतालको बसमा अपरेशन गर्नुपर्ने विरामीहरुलाई लिएर जाने बुझिएको छ । उनीहरुको अपरेशन निःशुल्क गरिएको हाे ।

प्रतिक्रिया





Top