नवलपरासीमा ।पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, स्थानीय चुनाव दलविहीन हुनुपर्नेलगायतका माग राख्दै सोमबार काठमाडौँमा केन्द्र संयोजक कैलाश महतो नेतृत्वमा प्रदर्शन गरिएको छ।
स्वाधीन मधेस जनअभियान नेपालको आयोजनामा काठमाडौँमा प्रदर्शन गरिएको हो। तराईंका विभिन्न जिल्लाबाट काठमाडौँ आएका समूहले र्यालीसहित प्रदर्शन गरेका हुन्।
तिलगंगाबाट सुरु भएको र्याली तिलगंगा, एयरपोर्ट, सिनामंगल, गैह्रीगाउँ हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको थियो।
साथै प्रदर्शनमा सहभागीहरुले रासन कार्ड, किसान कार्ड, स्वास्थ्य कार्डको ,बाटोमा पर्ने जग्गाको मुवाब्जा , लागु औषध नियन्त्रण गर्ने र तराईंमा हुने दाइजो आतंक बन्द हुने पनि माग गरेको स्वाधीन मधेस जनअभियानका जिल्ला नवलपरासीका अध्यक्ष गोरख यादवले बताएका छन् ।
प्रतिक्रिया