भरुवा बन्दुकसहित दुई जना पक्राउ

मधेशपाटी अनलाइन     २०८० चैत्र २१, बुधबार १३:२७ बजे मा प्रकासित


जनकपुरधाम । रौतहटकाे चन्द्रपुर नगरपालिका–१ स्थित पौराईबाट इलाका प्रहरी चन्द्रनिगाहपुरले मंगलबार भरुवा बन्दुक सहित दुईजनालई पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये एकजनाको मात्र म्याद थप भएको छ ।

जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले अर्कालाई मुद्दा चलाउन नपर्ने भन्दै छाडेको छ । भरुवा बन्दुक सहित पौराईका ३५ वर्षीय धर्मजित स्याङतानलाई पक्राउ गरेको इलाका प्रहरी चन्द्रनिगाहपरले जानकारी दिएको छ ।उनीसंगै पक्राउ परेका शेरसिंह गोलेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले म्याद थपेर मुद्दा चलाउन नपर्ने भन्दै छाडेको प्रहरीले जनायो ।

 

बन्दुक बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्याङतानलाइ हातहतियार खरखजना मुद्दामा प्रहरीले म्याद थपेको छ । ग्रामिणभेगका प्राय शिकार खेल्न भरुवा बन्दुक प्रयोग हुने गर्छ । यसको अनुमति पत्र (लाईसेन्स) हुदैन ।

प्रतिक्रिया





Top