राधेश्याम कुशवाहा, सर्लाही । जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइइ –२०८०) को छैठो दिन पनि परीक्षाको मर्यादा कायम गर्न नसकेको भन्दै २ जना निरिक्षकलाई जिम्मेवारीबाट हटाएका छन ।
बलरा नगरपालिका वाड –८ गडहिया डुमरिया स्थित श्री जनता नमुना माध्यमिक विद्यालय परक्षा केन्द्र्रमा खटिएका निरिक्षक संजय कुमार यादव र रमेश रामलाई जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरु बर्षभरी राजिनितिक गर्ने र परीक्षाको समयमा चोरी गर्नमा सक्रिय रहने गरेका हुन्छन, प्राविधिक सहायक कुशवाहाले भने । सामुदायिक विद्यालयका शैक्षिक स्तरलाई उकास्न र पठनपाठनलाई नियमित बनाउन यो पालि सर्लाहीका सबै परीक्षा केन्द्रमा नियमित अनुगमन तथा नियमित विपरीत कार्य गरेको पाइएका केन्द्राध्यक्ष, निरिक्षक तथा परिक्षार्थीलाई कानुन अनुसारको कर्वाही गर्दै आएको उहाँको भनाई छ ।
यस वर्षको परीक्षामा जम्मा १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज ऐच्छिक प्रथम पत्रका सबै विषयहरूमा नियमित तर्फ ५३४७ छात्रा ५२३६ छात्र गरि जम्मा १०५८३ तथा ग्रेडबृध्दि तर्फ ८५ छात्रा ५५ छात्र गरि जम्मा १४० जना परीक्षार्थी परीक्षामा सहभागी भए भने ९६ छात्रा ७७ छात्र गरि जम्मा १७३ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक )को पूर्वनिर्धारित समय तालिका अनुसार आज छठौं दिन ऐच्छिक प्रथम पत्रका सबै विषयहरूको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८ः०० बजेदेखि शुरू भई तोकिएको समयमा समन्पन्न भएको जिल्ला परीक्षा समन्वय समिति, सार्लहीले जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा – ( एसइइ २०८०) को मर्यादा काय गर्न नसकेको भन्दै परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा १० जना निरिक्षकलाई जिम्मेवारीबाट मुक्त, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा पनि २ जना निरिक्षक, तेस्रो दिन अनिवार्य गणित बिषयको दिन ३ जना केन्द्राध्यक्ष परिवर्तन, ७ जना परीक्षार्थीको परीक्षा रद्द र एक जना नक्कली परीक्षार्थी पक्राउ र पाचौं दिन पनि २ जना निरिक्षकलाई जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले जिम्मेवारीबाट हटाएको थियो ।
प्रतिक्रिया