साधारण तर्फको एसइइ परीक्षा सम्पन्न

न्यूज डेस्क     २०८० चैत्र २३, शुक्रबार २१:२३ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत सातौं दिन परीक्षा सर्लाहीमा मर्यादित एवं अनुसाशित रुपमा सम्पन्न भएको छ ।

ऐच्छिक द्वितीय पत्र सँगै साधारण तर्फको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० आज सम्पन्न भएको हो ।

भोलि २४ गते र आईतवार २५ गते दुई दिन जिल्लाको श्री नेराराशि मावि बलरा नपा–७, डुमरिया, श्री देवधारी मावि,कौडेना गापा–१, सुन्दरपुर, श्रीमती ल मावि मलंगवा नपा–११, गम्हरिया, श्री पब्लिक मावि, पर्सा गापा–५, श्री दुर्गाखोभारी जमावि, चन्द्रनगर गापा–२, बबरगंज, श्री जमावि, लालबन्दी नपा–१, नवलपुर, श्री माहावीर जमावि, हरिपुर नपा–२, श्री चर्तुभुजेश्वर जमावि, हरिवन नपा–१०, सुकेपोखरी, श्री चक्र जनता सहिद गंगा मावि, बरहथवा नपा–५, श्री जनता मावि, गोडैता नपा–३, सिमरा भगवतीपुर, र श्री पाँच कुमार राल मावि, हरिपुर नपा–१, हजारविघा, सर्लाही गरेर ११ वटा परीक्षा केन्द्रमा प्राविधिकधार तर्फको परीक्षा सञ्चालन हुनेछ । प्राविधिकधार तर्फ ३८४ परीक्षार्थीहरुको छ ।

यसैगरी २६ र २७ गते ग्रेडबृद्धि परीक्षा सञ्चालन हुन बाँकी रहेको  शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।

यस वर्ष सर्लाहीबाट १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज ऐच्छिक द्वितीय पत्रका सबै विषयहरूमा नियमित तर्फ  ५३४७ छात्रा ५२३६ छात्र गरेर १०५८३  तथा ग्रेडबृद्धि तर्फ ७६ छात्रा ४९ छात्र गरेर १२५ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०७ छात्रा ८१ छात्र गरेर १८८ परीक्षार्थी अनुपस्थित रहेको सो कार्यालयले जनाए ।

प्रतिक्रिया





Top