सुनसरी : अनिश्चितकालिन निषेधाज्ञा जारी

न्यूज डेस्क     २०८० चैत्र २४, शनिबार ०५:५० बजे मा प्रकासित


सुनसरी । सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो ।

सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।

चैत २२ गते बिहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जनाएको छ ।

कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया





Top