सर्लाही । राजश्व चुहावट तथा तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार निर्देशन दिइरहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक समेतलाई बोलाएर सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी रोक्न बारम्बार निर्देशन पनि दिइरहेका छन् । तर सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीले मातहतका प्रहरी युनिटका प्रमुखहरूलाई बारम्बार चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिएपनि बलरा नाकाबाट भने अहिले व्यापक तस्करी भैरहेको छ ।
बलरा नाकाबाट अहिले तस्करीको लाइन पाउने तस्करहरूमा श्याम साह कपडा , प्रभान्स कपडा , राजेश कपडा , अरूण सिंह माछा , फौजी सिंह माछा , मनोज चौधरी कपडा , मुना महत्तो, नागेन्द्र महत्तो गिट्टी बालुवा , मुना, राजु सिंह , राजन सिंह रक्सी र रोशन महत्तो धान रहेका छन् । अहिले बलरा स्थित प्रहरी प्रमुखमा शम्भु पौडेल रहेका छन् । उनको संरक्षणमा अहिले यो नाकाबाट व्यापक तस्करी भैरहेको छ।
प्रतिक्रिया