नेपाल प्रहरीमा डिआइजीको दुई पद थपियो, को-को हुँदैछन् बढुवा?

न्यूज डेस्क     २०८० चैत्र २६, सोमबार १५:४९ बजे मा प्रकासित


काठमाडौं। सरकारले नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी नायव महानिरीक्षकमा दुई विशेष पद थप गरेको छ। चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले दुई पद थप गरेको हो।सरकारले केनाइल कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोमा पद थप गरेको हो ।

 

केन्द्रीय कुकुर तालिम केन्द्र ( केनाइन) हाल एसएसपीको नेतृत्वमा छ। लामो समयदेखि डाक्टर देवती गुरुङले यसको नेतृत्व गरिरहेकी छिन्। एसएसपी गुरुङका लागि नै सरकारले विशेष पद सिर्जना गरेको हो। गुरुङ २०७५ असोजमा एसएसपी बढुवा भएकी थिइन्।त्यस्तै साइबर ब्युरोको नेतृत्व गरिरहेका एसएसपी नवीन्द्र अर्यालको लागि अर्को पद सिर्जना गरिएको हो। उनी यसअघिको डिआइजी बढुवा छुटेका थिए।

उनीहरूको कार्यकाल सकिएपछि थपिएका दुई पद स्वतः खारेज हुने सरकारको निर्णयमा उल्लेख छ।

प्रतिक्रिया





Top