स्क्रेपको सवारीसाधन सडकमा दगुड्दै बाँकी सवारीसाधन कुदाउने तयारीमा सकारकर्ता !

न्यूज डेस्क     २०८० चैत्र २८, बुधबार ०७:१८ बजे मा प्रकासित


रौतहट, २८ चैत । गौर भन्सार कार्यालयबाट स्क्रेपका सवारीसाधनहरु लिलम सरकार गरेका फर्मले सडकमा उर्ता तयारीमा जुटेपनि सम्बध निकाय मुकदर्शक बनेका छन् ।
भन्सार ऐनमा स्क्रेपका सवारीसाधन लिलाम सकार गर्ने व्यक्ति वा फर्मले भन्सार कार्यालयका कर्मचारीको रोहवरमा ग्यास कटर मेशिनबाट इंजन र च्याचिस काटेर मात्रै बाहिर निकाल्नुपर्ने प्रावधान रहेको स्पष्ट रुपमा उल्लेख रहेको छ तर उक्त प्रावधानलाई मिच्दै भन्सार कार्यालय प्रमुखको मिलोमतोमा सकारकर्ताले विना कटिंग गरेर सवारीसाधन गौर नगरपालिका वडा नम्वर १ स्थित रामजानकी धर्मशालाको पूर्व दिशामा रहेका दाल मिलको छेउमा भण्डारण गरिरहेका हुन् ।

श्रोतका अनुसार त्यहाँ भण्डारण गरिएका दुई र चार पाग्रे सवारी साधनलाई सामान्य मर्मत गरेर सडकमा उतार्न लायक बनाई सम्बध धनी संग चर्को रकम लिएर विक्री गर्ने मनसायमा रहेको बताइएका छन् । स्क्रेपका सवारीसाधनलाई विक्री वितरण गर्न नमिल्ने र सडकमा समेत उर्तान नसकिने भएपनि सकारकर्ता संगको मिलोमतोमा उक्त कार्य गैर कानुनी रुपमा भइरहदा सम्बध निकाय मुकदर्शक बनेर बस्दा बेथिति बढ्दै गएका छन् ।

 

न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको बताइन्छ । बर्षौं देखि गौर भन्सारमा पक्राउ गरेर राखिएका स्क्रेपमा लिलाम भएका सवारीसाधनहरु अहिले गौरकै एजेन्टको साँठगाँठमा सकारकर्ताले गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको सेटिङ्गमा इन्जिन र च्याचिस नकाटि सिधै पिकपमा लोड गरेर दाल मिल छेउमा भण्डारण गरिरहेका हुन् ।

सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरेर सिधै पिकपमा लोर्ड गरी अन्यत्र ठाउँमा स्टोर गर्ने गरेका छन् ।

स्टोर गरिएको ठाउँबाट सकारकर्ताले सवारीधनीको पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नंबर र चेचिस नंबर मिलाई आ–आफ्नो सवारीसाधन चर्को पैसा तिरी लग्ने दाउमा रहेको श्रोतले बतायो । स्मरणीय छ की, जनकपुरको फर्मले गौरमै भण्डारण किन गरेको होला ? प्रश्न उठ्नु स्वभाविकै हो, यसरी गैरकानुनी रुपमा सडकमा उतार्न षड्यन्त्रणमा रहेको उक्त कार्यलाई गौर भन्सार कार्यालयका प्रमुखले सघाइरहेका छन्् किनभने इंजन र च्याचिस नम्वर नकाटी कसरी लान सक्छ ति श्रोतले भने ।
त्यतीमात्रै नभई भारतीय एजेन्टको मद्दतबाट सीमापारीको डिटिओ औफिसबाट कागजात हराएको भन्दै नयाँ अनर बुक निकालेर सीमापारी तर्फ गौर र लक्ष्मिपुर बेलविछवाको बीच बाटो भएर भारतमा पठाउने दाउमा सकारकर्ता पक्ष रहेको ति श्रोतले गम्भीर आरोप लगाए । यस बिषयमा गौर भन्सार प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय समेत मौन बसेका छन् ।

प्रतिक्रिया





Top