नवलपरासी , २९ चैत । नेपाल–भारत सीमा अन्तरगत विभिन्न स्थानमा सशस्त्र प्रहरी बलको बीओपी पोष्ट छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि सरकारले ठूलो जत्थासहितको सशस्त्र प्रहरी राखे पनि नवलपरासीमा भने तस्करी नियन्त्रण हुनुको साटो झन मौलाई रहेको छ । मुख्य नाकामा सर्वसाधारणको सामान नियन्त्रणमा लिने सशस्त्र र प्रहरीले तस्करबाट मोटो रकम लिएर छाड्दा तस्करले थप प्रश्य पाइरहेका छन् ।
लाइन दिएका तस्करको सामान अगाडीबाट आउँदा समेत नाकामा खटिएका सशस्त्र र प्रहरीका जवान नदेखेझैँ गरि बस्ने गरेको स्थानीय बताउँछन् । ‘लाइन दिएका तस्करको सामान आउँदा नदेखेकोझैँ गर्ने र सर्वसाधारणको सामान खोसेर भन्सार बुझाउने गरेको स्थानीय हरुले बताउँछन् ।
नाम नखोल्ने शर्तमा भरियाले बताएँ हामीले त लाइन दिएका छौँ । सामान जतिखेर भन्यो त्यतिबेला ल्याउन सक्छौँ,’ त्यस्तै तस्करका एक जना नाइकेले नाम नखुलाउने शर्तमा भने, ‘सशस्त्र र प्रहरीले लाइन लिए जतिबेला पनि सामान ल्याउन सकिन्छ । लाइन दिएपछि हामीलाई बरु सर्वसाधारणको डर हुन्छ, तर सशस्त्र र नेपाल प्रहरीको कुनै डर हुँदैन ।’सशस्त्र प्रहरीले मुख्य नाकामा कडाई गरेको जस्तो गरेर सर्वसाधारणलाई त्रसाउने बाहेक अरु केहि गर्न नसकेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । हात्तीको देखाउने दाँत जस्तै ब्यवहार मुख्य नाकामा सशस्त्रले देखाउने गरेको भन्दै ती प्रत्यक्षदर्शी भन्छन् ।
नेपालबाट कवाड र मकैको तस्करी तीब्र
नेपालबाट कवाड- मकै तस्करी पनि मौलाउँदै गएको छ । सशस्त्र प्रहरीकै अगाडीबाट गोपालपुर – मुडेर नाका हुँदै दिनदहाडै कवाडको तस्करी हुने गरेको स्थानीय बताउँछन् । कवाडीको तस्कर हुने ठाउँ गोपलपुर-मुडेर र बसहिया,हरकपुर,बुडन्तपुर नाकाबाट दिनदहाडै कवाड तस्करी गर्दा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक भएर बसेको स्थानीय बताउँछन् ।
तस्करहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाइन दिएर कवाड निकासीमा सहयोगी बनेका छन् । नेपाल–भारत सीमा अन्तरगत पश्चिम नवलपरासीको भुजहवा, सुस्ता-बनकट्टी, बुडन्तपुर,बसहिया लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् । यी ठाउँमा विओपीसँगै दुई-छौ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीले ड्यूटी दिन्छन् ।
प्रहरी र सशस्त्रको सहयोगमा भारतीय तस्कर बेचुको नवलपरासीका विभिन्न नाकाहरूबाट टायल,कार्पेट हरु दिनहुँ जसो भारतबाट नेपालभित्रने गरिनछ।
त्यस्तै भारतबाट नेपाल तर्फ राँगा,भैसी,माछा,बाख्रा,धान,गहुँ चामल,मरेका कुखुरा भित्र्याउने गरेका छन् ।
प्रतिक्रिया