आगलागी हुँदा एक घर जलेर नष्ट

मधेशपाटी अनलाइन     २०८० चैत्र ३०, शुक्रबार ०६:२९ बजे मा प्रकासित


अनिल बनिया,नवलपरासी / ३० चैत । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं १ महेशपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बिहीबार साँझ करिब ८:३० बजेको समयमा अपरान्ह अचानक भएको आगलागीबाट भुवन कमकरको घर जलेर नष्ट भएको हो ।

घरमा कोही नभएको बेला भएको आगलागीबाट २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन ।बुढाबुढी र छोरी नातिनी बस्दै आएका कमकरको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायत सामान र दुई वाट बाख्रा र छानाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

स्थानीयवासी,नेपाल प्रहरीले र सशस्त्र प्रहरी बलको सहायतामा आगो लाई नियन्त्रण लिएका हो। आगलागी के कारणले लागेको हो भनी कारण खुलेको छैन ।

जिल्लाका केही स्थानीय तहमा दमकल भएता पनि पाल्हिनन्दन गाउँपालिकामा न हुँदा जनतालाई समस्या परेको छ। गाउँपालिकाले विभीन्न पालिका संघ सहकार्य गरि दमकल चलाउने नीति बनाए पनि हाल सम्म कार्यवान न गर्नाले यस्ता घटनाहरु बारम्बार घटि रहेका छन् ।

प्रतिक्रिया





Top