जनकपुरधाम, १ बैशाख । आज विक्रम सम्वत् २०८१ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।
आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।
नयाँ वर्षको दिन जनकपुरधामस्थित जानकी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।








प्रतिक्रिया