सप्तरीको चिम्टीका अग्निपीडितलाई राहत
महेश कु.राय, सबैला(धनुषा)। आगलागीबाट घर नष्ट भएका सप्तरीको महादेव गाउँपालिका वाडा नं.१ स्थित रहेको चिम्टीका अग्निपीडितलाई भठिहन समाज कल्याण सेवा समिति परिवारले राहत सामग्री प्रदान गरेका छन् ।
अग्निपीडित ७६ परिवारलाई १५ किलो चामल, दाल, नुन, प्याज, आलु, खाने तेल, मसौरा र साबुन प्रदान गरेको छ ।
समिति परिवारले बिहिवार गाउँमै गएर सहयोग गरेका थिए।
गत मङ्गलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।
प्रतिक्रिया