मधेश प्रदेश : चार दलबीच नयाँ सरकार गठन गर्न सहमति

न्यूज डेस्क     २०८१ बैशाख ३०, आईतवार २१:५४ बजे मा प्रकासित


जनकपुरधाम । मधेशमा नयाँ सरकार गठन गर्न चार दलबीच समीकरण भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको हो ।

 

चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका हुन ।

एमाले र माओवादीले सरकार छाड्नुअघि चार दलका नेताहरूको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ ।

१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुख सहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ ।

प्रतिक्रिया





Top