जनकपुर : राराब कलेजका स्वीयू नेतालाई छापामार शैलीमा प्रहरी पक्राउ

न्यूज डेस्क     २०८१ जेष्ठ ३, बिहीबार १३:१६ बजे मा प्रकासित


जनकपुरधाम । राराब क्याम्पसका स्वीयू नेताहरुलाई छापामार शैलीमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

आज विहिबार विहान स्वीयूको अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएकोमा प्रहरीले खुलाउन खोजेपछि विवाद भएको थियो । सोही क्रममा तालाबन्दी यथावत नै रहनुपर्ने भन्दै अडान लिएका लोविसंघ, विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।


क्याम्पस प्रशासन र स्वीयू नेताहरुको मिलोमतोमा विद्यार्थीको कापी सेटिँग गरेको आरोपसहित प्रत्यासी नेताहरुले तालाबन्दी गरेको थियो । सोही क्रममा स्वीयूका अध्यक्ष मनिष यादवलाई उनकै कार्यकक्षमा थुनेपछि नेताहरुलाई पक्राउ गरिएको हाे।

राराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया





Top