यस्ता छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण

न्यूज डेस्क     २०८१ जेष्ठ ९, बुधबार ११:२० बजे मा प्रकासित


जनकपुरधाम । कान्तिपुर दैनिकका मालिक कैलाश प्रसाद सिरोहियालाई नागरिकतासम्बन्धि कसुरमा पक्राउ गरिएको छ । उनीमाथि धनुषा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको क्रममा उनले अरुकै नागरिकता नम्बर प्रयोग गरिरहेको प्रहरी दाबी छ । जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गर्दा प्रहरीले पेस गरेको ६ वटा प्रमाणलाई प्रमुख आधार बनाएको छ ।उनले शिवजी साहु तेलीको नामको नागरिकता प्रयोग गरिरहेको प्रहरी स्रोत बताउँछ । सिरोहियाभन्दा चार महिनाअघि तेलीले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयको विवरणबाट प्रस्ट हुन्छ ।

उनका अन्य दाजुभाईले अंगिकृत नागरिकता बनाएको तथा कैलाशले जन्मसिद्ध बनाएको देखिन्छ । त्यस्तै, जन्म मिति कीर्ते गर्नुका साथै नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेका आधारमा पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने भन्दै धनुषा प्रहरीले अदालतमा पक्राउ पूर्जीका लागि लेखेको थियो ।

पक्राउ पूर्जी जारी भएकै दिन प्रहरीले कार्यकक्षबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा प्रतिशोधस्वरुप पक्राउ गरिएको सिरोहियाले बताएका छन् ।

प्रतिक्रिया





Top