मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति

न्यूज डेस्क     २०८१ जेष्ठ १७, बिहीबार २३:०१ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्न तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकले जनमतसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच यस्तो सहमति गरेको हो ।

 

जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बसेको बैठकले मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णयसमेत गरेको छ ।

उनीहरूबीच भएको लिखित सहमतिमा तीन दलका नेताहरूले हस्ताक्षर गरेको सहमति पत्र डा राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सहमति पत्रमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको नामसमेत समावेश भएपनि उनीहरूका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् । १०७ संसदीय मधेस प्रदेशसभाबाट सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, जनमत र लोसपा मिल्दा पनि आवश्यक बहुमत ५४ पुग्छ ।

राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग १–१ सिट छ । तीमध्ये नागरिक उन्मुक्ति र संघीय समाजवादीलाई पनि मिलाउने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया





Top