जबरजस्ती करणी कसूरमा जाहेरी दर्ता
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई ५ दिन हिरासतमा जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको छ । सोही जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको हो ।
इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् ।
४५ वर्षीय इन्स्पेक्टर शिवाकोटी ती बालिकालाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ । उनीमाथि थप प्रहरीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया