धनुषा : श्रीमानको मृत्यु भएपछि जीवनमा कठिनाई खाद्यान्न सामग्री लगायत नगद सहयोग !

न्यूज डेस्क     २०८१ असार १६, आईतवार १२:१२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ७ मट्टहि निवासी बिगत ६ वर्ष पहिले श्रीमान गुमाएकी मुखियालाई खाद्यान्न सामग्री लगायत नगद आर्थिक सहयोग गरेका छ्न । धनुषाको सबैला नगरपालिका वडा नं-७ मट्टहीकी एकल महिला स्वर्गीय रामकिशुन मुखियाको श्रीमती कुमारी देवी मुखियालाई रु-५५५५/-(पाच हजार पाच सय पाच रुपैया नगद आर्थिक सहयोग गरेको छ । जसमा खाद्यान्न सामग्री मिलाएर ९ हजार पाच सयको रहेको थियो ।

विगत ६ बर्ष अगाडि श्रीमानको मृत्यु भएपछी जीवन यापन गर्न निकै कठिनाई भैरहेको हुदा पिडितले सहयोग गरिदिनका लागि हारगुहार गरे सम्पुर्ण संघ-संस्था तथा व्यग्तिगततर्फबाट सहयोग गरिदिनको लागि अनुरोध गरेकी थिइन। पिडितलाइ सम्पत्तिको नाम एउटा टुटेको झोपडी मात्रै थियो त्यो पनि घर बनाउन २५ हजार सहयोग गरेको थियो ।

मट्टही समाज सेवा कतार संस्थाले ५ हजार पाच सय ५५ रुपैया नगद आर्थिक खाधन सामग्री चामल, दाल,तेल,आलु साबुन ,चयाउचयाउ,नमक झुल लगायत खाद्यान्न सामग्री सहयोग गरेको छ ।

मट्टही समाज सेवा कतार संस्थाका सदस्य लगायत स्थानीय पत्रकार शम्भु पण्डित ज्यु को रोहवरमा घरमै पुगेर नगद ५ हजार पाच सय ५५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको पण्डितले बताए ।
मट्टही समाज सेवा संस्थाले दलित, गरिव, विपन्न तथा असाहय अनाथ घरपरिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएका हुन् ।

कमाउन लागि कतार पुगेका गाउका युवाहरले यस्ता पिडितहरुलाई सके जति आर्थिक सहयोग गर्न सधै अग्रसर्ता देखाएका छन ।

पिडित भन्छ जहाँ भएपनी भगवानले सधै तपाई र तपाइँको परीवारको रक्षा र भलो गर्ने छ। मलाई गर्व छ मट्टही समाज सेवा कतार माथी पैसा त धेरैले कमाएको छ यो संसारमा तर तपाई जस्तो राम्रो काम गर्ने थोरै छ यो संसारमा देखिएको हाे ।श्रीप्रताप साह यस्ता पिडित लाई सहयोग गर्दै आइरहेको छ भने विभिन्न मिडियामा समाचार मार्फत जनकारि गराउदै आएको हुन ।

प्रतिक्रिया





Top