रौतहटमा लागुऔषध सहित २ भारतीय नागरिक शस्त्र प्रहरीको फन्दामा !

न्यूज डेस्क     २०८१ असार १९, बुधबार २१:०२ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट/असार १९। रौतहटमा अवैध लागुऔषध सहित २ जना भारतीय युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले जनाएको हो ।

भारत नेपालको खुला सिमानाका हुँदै ल्याईएको अबैध लागुऔषध अन्तय ठाउँमा लगिरहेको अवस्थामा पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले जनाएको हो ।

रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन्। पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी वडा नंबर ३ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई शस्त्र प्रहरीले पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन् ।

उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन शस्त्र प्रहरीले बरामद गरेको छ ।
गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा पक्राउ परेका दुवै युवकले आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान गाडीको सिटमुनी झोलामा लुकाएर राखेका थिए ।

 

पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित तथ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलका शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले जनाएको हो ।

प्रतिक्रिया





Top