जनमत पार्टीका नेता साहद्वारा रामजानकी मन्दिरको शिलान्यास

न्यूज डेस्क     २०८१ असार २१, बिहीबार १६:०९ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषामा एक मन्दिरको शिलान्यास गरेका छन् ।

मंगलबार जिल्लाको धनुषाधाम नगरपालिका-४ लक्ष्मिपुरमा एक कार्यक्रमबीच रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् ।

उक्त मन्दिर जनताको सहयोगबाट निर्माण हुने स्थानीयले बताए ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य जयकुमार मण्डल, अशोक साह, प्रदेश सभा प्रत्यासी दिप नारायण यादब, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष बिरेन्द्र यादव धनुषाधाम नगरपालिकाका नगर अध्यक्ष सुरेशकुमार साह, मेयर प्रत्यासी अमृत कुमार महतो, उपाध्यक्षहरु हरिदेव ठाकुर, प्रमिला साह,वडा अध्यक्ष रामलाल पंडितलगायतका नेता कार्यकर्ता एवं स्थानीयबासी र साधुसन्तहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top