जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो १ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको मृत्यु भएको थिए र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
उनीहरुको नुहाउने क्रममा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
प्रतिक्रिया