सिरहा । सिरहा प्रहरीले हत्याका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।प्रहरीले सिरहा अर्नमा गाउँपालिका वडा नम्बर २ ब्रहमपुरी बस्ने ५२ वर्षीय बचाई महतो भन्ने बच्चु महतोलाई पक्राउ गरेको छ ।
अर्नमा गाउँपालिका–२ घर भई विष्णुपुर गाउँपालिका–१ विष्णुपुर चोकमा ग्यास, बिउविजनको पसल गरी व्यवसाय गर्दै आएका ५३ वर्षीय बुधराम महतोको हत्या अभियोगमा बच्चुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हाे ।
बुधरामको गत जेठ ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। घाँटीको पछाडि भागमा काटिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो ।
जग्गासम्बन्धी पुरानो रिसइवीका कारण बच्चुले बुधरामको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
घटनालगत्तै फरार भएका बच्चुलाई प्रहरीले खोजीसूचीमा राखेको थियो ।
खोजतलासका क्रममा उनलाई सोमबार सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया