अमित ठाकुर,रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौर भन्सार नजिक चेक प्वाइन्टमा स.प्र.बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले जानकारी दिएको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको BR 30 AC 7914 नम्बरको भारतिय मोटरसाइकललाई संका लागि चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ४ लाख ४० हजार रुपैयाँ सहित पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन्।पक्राउ पर्नेमा भारतको जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने अन्दाजी वर्ष ४७ को प्रदिप कुमार वर्मा पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन् ।
वर्माले चढेको मोटरसाइकलको भाईजर भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेको हो। पक्राउ परेको वर्मा सहित मोटर साईकल Hero Splendor नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि गौर भन्सार कार्यालयमा रौतहटमा बुझाईएको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।








प्रतिक्रिया