जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।
पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् । पत्रकार कर्ण एक अनुभवी पत्रकार हुन् । मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।
प्रतिक्रिया