जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला नगरपालिकामा रहेको सबैला उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका ब्रहमदेव यादव जनकपुरधाम उद्योग बाणिज्य संघको पनि सदस्य बन्ने ईच्छा जागरुक भए लगत्तै उम्मेदवार बन्न गाँउबाट जनकपुरधाम पुगेका थियो ।
मधेेश प्रदेशको राजधानी जनकपुरधाम सहित रहेको बाहेकका पालिकाबाट सदस्य रहेकाहरुको प्रतिनिधीत्वका लागि जउबासंघको २१ सदस्सीय कार्यसमितिमा संगठित सदस्य २ जना छुटयाइएको हाे ।
यस दुई सदस्य पदमा अन्य पालिकाका शाखा अध्यक्ष वा त्यस शाखाले सिफारिस गरेका व्यक्ति संगठित सदस्यमा उम्मेदवार बन्न पाउँछ । सोहि बमोजिम उम्मेदवारी दिन आएका उनले उम्मेदवारी दस्तुर ४० हजार पाँचसय सुनेपछि जिल्ल परेका हुन भने । सो दुई सदस्य पदका लागि स्वयम र हँसपुरका संघ प्रमुख दुईजना मात्र जउबासंघमा सदस्य रहेकाले र्निविरोध हुने सम्भावना रहेको यादवले बताएकाे छ ।
आफुले हँसपुरका अध्यक्ष संग पनि कुरा गर्दा उनले पनि त्यती पैसा तिर्न नसक्ने जानकारी गराएको भन्दै यादवले आफुहरु २१ ह्जार सम्मको दस्तुर होला भनेर अनुमान गरेर गाउँबाट जनकपुरधाम आएकोमा तर यहाँ ४० सुन्दा आश्चर्य लागेको बताए । संगठनमा लागेर केहि गर्न चाहने साना तिना व्यापारीका लागि यो दस्तुर असमान्य रहेको उनीहरुको गुनासो गरेको छ । उनले दस्तुर कम नगरिए आफुहरु उम्मेदवारी दिन नसक्ने समेत बताएका हुन ।








प्रतिक्रिया