जनकपुर : हाेटलमा श्रेष्ठको शव फेला, हत्या भएको आशंका प्रहरीको अनुसन्धान जारी

न्यूज डेस्क     २०८१ भाद्र १६, आईतवार २२:३८ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामको जनकचोकस्थित होटेल राज घराना एण्ड फैमली रेष्टुरेण्टको शौचालयमा एक जना युवकको शव फेला परेको छ ।सो शव अन्दाजी ३५ वर्षिय राज कुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

 

महोत्तरीको गौशाला नगरपालिका निवासी श्रेष्ठको शव भदौ १४ गते विहान पौने ९ बजे फेला परेको बताइएको छ ।
श्रेष्ठ होटलकै कर्मचारी रहेको बुझिएको छ । उनको हत्या भएको आशंकासमेत गरिएको छ ।

सो शव नाँगो अवस्थामा फेला परेको स्रोतले जनाएको छ । हत्या हो कि अन्य घटनाबारे अनुसन्धान जारी रहेको जिप्रका धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top