धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती

न्यूज डेस्क     २०८१ भाद्र १७, सोमबार १७:५२ बजे मा प्रकासित


जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र लिन आएका सेवाग्राही र बनाउनेहरूको भिड लागेको छ ।

ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षाको भत्ताका लागि राष्ट्रिय परिचयपत्र हालका लागि अनिवार्य नगर्नका लागि सर्वोच्च अदालतले आदेश गरे पनि धनुषामा भने परिचयपत्र बनाउनेको भिड घटेको छैन ।

राष्ट्रिय परिचयपत्र लिन लागि व्यवस्ता न हुदा कतिपय सेवाग्राहीले दुख पाेखेका छन भने कर्मचारीले कुनै वास्ता नगरेपछि घर फर्किन बाध्य भएको हाे ।आफै खाेजनु कहाँ छ तपाईंको परिचयपत्र काड हामीलाई थाह छैन कर्मचारी काे भाषा हाे ल भाेलि आउनुस भन्दै परिचयपत्र शाखामा खटिएकी एक महिला कर्मचारी सबैलाई झपारेका बताए ।

सर्वोच्च अदालतले हालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नका लागि आदेश दिए पनि कतिपय वडाध्यक्षले सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र माग्न बन्द नगरेका कारण परिचयपत्र बनाउनेको भिड खासै नघटेको राष्ट्रिय परिचयपत्र शाखाले जनाएको छ ।

धनुषाबाट वैदेशिक रोजगारीमा जाने युवाहरूले राहदानी बनाउने तथा नवीकरण गर्ने भएका कारणले सर्वोच्चको आदेशपछि पनि परिचयपत्र बनाउनेको सङ्ख्यामा खासै कमी नआएको हो ।

राष्ट्रिय परिचयपत्र बनाउन बिहानदेखि नै लाइन लाग्नुपर्दा गर्मीमा समयमा सेवाग्राहीलाई समस्या भएको छ । खास गरेर ज्येष्ठ नागरिकलाई बढी नै समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीका लागि विगतका प्रमुख जिल्ला अधिकारीहरुले सेडको निर्माण गरेर पङ्खाको व्यवस्था गरेकाले केही मात्रामा सजिलो भएको थियो ।

प्रतिक्रिया





Top