मलेसियामा आफ्नै साथीले गएराति चक्कु प्रहार गरेर एक नेपालीको हत्या

न्यूज डेस्क     २०८१ भाद्र १८, मंगलवार १६:१३ बजे मा प्रकासित


जनकपुरधाम । मलेसियामा एक नेपालीको हत्या भएको छ ।

सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो ।

 

उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया





Top