जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएका छन ।
आयोगको टोलीले वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डललाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय बर्दिवासको टोलीले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीबाट लिएको घुससहित वडाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीबाट उनीहरूले लिएको ४ लाख ५० हजार रुपैयाँ घुसको रकम आयोगको टोलीले बरामद गरेको छ ।








प्रतिक्रिया