काठमाडौं । नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ। आज गृह मन्त्रालयले प्रहरीका ३ डीआईजीको सरुवा गरेको हो ।
डीआईजीत्रयको सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
जसमा डीआईजी लालमणी आचार्यलाई मधेस प्रदेश पठाइएको छ। आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए। यस्तै डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित प्रहरीको शिक्षालय र मधेशका डीआईजी यज्ञविनोद पोखरेललाई हेडक्वार्टर तानिएको छ। पोखरेललाई अहिले प्रदेश समन्वय विभागमा सरुवा गरिएको हो ।








प्रतिक्रिया